तक्षशिला एकेडमी कोहलपुरमा बेल्वासे

सदरलाइन संवाददाता २४ कार्तिक २०७७, सोमबार १७:१५
 


कोहलपुर (बाँके) : बाँकेकोे कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडेमी प्रालिको चोथौं साधारण सभाबाट नयाँ सञ्चालक समिति चयन भएको छ । गत शनिबार सम्पन्न सो साधारण सभाबाट विष्णुप्रसाद बेल्वासेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको हो ।

तक्षशिला एकेडमी प्रालिको सदस्यहरुमा पुष्करनाथ रिजाल, मञ्जु कोइराला, शिवप्रसाद रेग्मी, भोजबहादुर खड्का, बिमला खत्री र बासु गिरी चयन भएका छन् ।

विद्यालयका अध्यक्ष कमल पछाईको अध्यक्षतामा सम्पन्न भएको सभाले आगामी कार्यकालका लागि नयाँ बोर्डको चयन गरेको हो । सभाले आगामी शैक्षिक कार्यक्रम अनुमोद गर्नुका साथै प्रस्तुत आर्थिक तथा प्रगति प्रतिवेदन संशोधन सहित पारीत गरेको थियो ।

कोहलपुर क्षेत्र कै अग्रणी शैक्षिक संस्थाका रुपमा रहेको तक्षशिला एकेडेमी प्रालिमा कक्षा १२ सम्म अध्यापन हुने गरेको छ । कोरोना भाईरस संक्रमणका कारण शैक्षिक क्षेत्रमा परको असरलाई ध्यानमा राखि विद्यालयले विशेष नीति लिएर शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने विद्यालयका नवनिर्वाचित अध्यक्ष बेल्वासेले बताए ।

 

Next Post

भेरीको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि

२४ कार्तिक २०७७, सोमबार १७:१५
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले पछिल्लो २४ घण्टाको कोरोना परीक्षण रिपोर्ट सार्वजनिक गरेको छ । अस्पतालले पछिललो २४ घण्टामा १ सय ९७ जनाको नुमना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । जसमध्ये बाँकेका १२, बर्दियाका २४, दाङका ४ र कैलालीका १ जना रहेका छन । १६ देखि […]

सम्बन्धित