भाई टीकाको उत्तम साइत बिहान ११ः३७

सदरलाइन संवाददाता २४ कार्तिक २०७७, सोमबार ०९:३०
 

नेपालगञ्ज : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाई टीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा उत्तम भएको जनाएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।


कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो ९पञ्चाङ्ग० नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चाङ्गमा उल्लेख गर्नुभएको छ ।

Next Post

तक्षशिला एकेडमी कोहलपुरमा बेल्वासे

२४ कार्तिक २०७७, सोमबार ०९:३०
कोहलपुर (बाँके) : बाँकेकोे कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडेमी प्रालिको चोथौं साधारण सभाबाट नयाँ सञ्चालक समिति चयन भएको छ । गत शनिबार सम्पन्न सो साधारण सभाबाट विष्णुप्रसाद बेल्वासेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको हो । तक्षशिला एकेडमी प्रालिको सदस्यहरुमा पुष्करनाथ रिजाल, मञ्जु कोइराला, शिवप्रसाद रेग्मी, भोजबहादुर खड्का, बिमला खत्री […]