बाँकेमा सोमवार ३३ जना डिस्चार्ज

सदरलाइन संवाददाता २४ कार्तिक २०७७, सोमबार ०९:१४
 


नेपालगञ्ज : बाँकेमा सोमवार ३३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १९ पुरुष र १४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

हालसम्म ३ हजार ४ सय १ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुने दर ९० दशमलव ६५ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ८४ र अन्य जिल्लाका २२ गरी ३ सय ६ जना छन् । कोरोनाका कारण बाँकेमा ३५ जनाको मृत्युु भइसकेको छ ।

Next Post

भाई टीकाको उत्तम साइत बिहान ११ः३७

२४ कार्तिक २०७७, सोमबार ०९:१४
नेपालगञ्ज : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाई टीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा उत्तम भएको जनाएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने […]