नेपालगञ्ज म्याराथन मंसीर ६ गते हुने

सदरलाइन संवाददाता २३ कार्तिक २०७७, आईतवार १५:१४
 

नेपालगञ्ज : नेपालगञ्ज म्याराथन मंसीर ६ गते हुने भएको छ । कोभिड–१९ का कारण ८ महिनादेखि खेलकुद ठप्प रहेको समयमा नेपालगञ्ज म्याराथनको छैठौं संस्करण मंसीर ६ गते हुने भएको हो ।

आइतवार नेपालगञ्जमा गरिएको पत्रकार सम्मेलनमाा आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले देशको परिस्थिती चुनौतीपूण रहेपनि नेपालगञ्ज म्याराथनलाई निरन्तरता दिने बताए ।


नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजविक्रम शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रीयकरण गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । टाइटल स्पोन्सर केएल दुग्गड ग्रुपका महाप्रवन्धक प्रदीप छाजेडले सहकार्यलाई निरन्तरता दिँदै प्रायोजन रकम बढाउँदै लैजाने बताए ।

सहप्रायोजक आशिर्वाद पेन्ट्सका अध्यक्ष किरण कार्कीले सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

Next Post

बाँकेमा सोमवार ३३ जना डिस्चार्ज

२३ कार्तिक २०७७, आईतवार १५:१४
नेपालगञ्ज : बाँकेमा सोमवार ३३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १९ पुरुष र १४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । हालसम्म […]