बाँकेमा आइतवार ३७ जना डिस्चार्ज

सदरलाइन संवाददाता २३ कार्तिक २०७७, आईतवार १३:५४
 

नेपालगञ्ज : बाँकेमा आइतवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २० पुरुष र १७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


हालसम्म ३ हजार ३ सय ९२ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुने दर ९० दशमलव १८ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ९८ र अन्य जिल्लाका २२ गरी ३ सय २० जना छन् । कोरोनाका कारण बाँकेमा ३५ जनाको मृत्युु भइसकेको छ ।

Next Post

भेरीका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

२३ कार्तिक २०७७, आईतवार १३:५४
नेपालगञ्ज : भेरी अस्पतालका चिकित्सक तथा नर्सले निरन्तर उपचारमा संलग्न भएपनि हालसम्म जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न हुने अस्पतालका जनशक्तिलाई समेत जोखिम भत्ता दिने निर्देशिका जारी गरेर रकम पठाएपनि हालसम्म भेरी अस्पतालका कसैले पनि भत्ता पाएका छैनन् । सरकारले अस्पताललाई कोभिड–१९ का लागि […]