सडक दुर्घटना हुँदा बर्दियामा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता २३ कार्तिक २०७७, आईतवार १३:४४
 


नेपालगञ्ज : ट्रयाक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाको बढैयाताल ७, पचासामा दुुर्घटना हुँदा मोटरसाईकलमा सवार श्रीमान र श्रीमतीको मृत्यु भएको हो ।

पचासा निवासी २५ वर्षीय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षीया ललिता रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपालगञ्जबाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० नम्वरको मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेको भे १ त ५०९९ नम्वरको ट्रयाक्टर एक आपसमा ठोक्किएका थिए ।

दुुर्घटनामा गम्भिर घाईते रिमाल दम्पतिको उपचारका लागि नेपालगञ्ज ल्याइएपनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Next Post

बाँकेमा आइतवार ३७ जना डिस्चार्ज

२३ कार्तिक २०७७, आईतवार १३:४४
नेपालगञ्ज : बाँकेमा आइतवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २० पुरुष र १७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । हालसम्म […]