अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी

सदरलाइन संवाददाता २३ कार्तिक २०७७, आईतवार ०८:१८
 

काठमाण्डौ : अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

उनले पछिल्लो मत परिणामाअनुसार २ सय ७९ इलेक्टोरल मत प्राप्त गरेका छन् । पेन्सिल्भेनिया राज्यको परिणाम आएसँगै बाइडेन जितेका हुन् । उनले पेन्सिल्भेनियाका २० इलेक्टोरल मत प्राप्त गरेका छन् ।


अमेरिकी सञ्चारमाध्यमहरुले जो बाइडेन विजयी भएको बताएका छन् । तर अन्य राज्यहरुमा मतगणना जारी रहेकाले उनलाई आधिकारिकरुपमा विजेता भने घोषणा गरिएको छैन ।

राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार अमेरिकी इतिहासमा दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा पराजित हुने तेस्रो राष्ट्रपति बनेका छन् । तर ट्रम्पले यो हार स्वीकार गरिसकेका छैनन् ।

Next Post

सडक दुर्घटना हुँदा बर्दियामा दुई जनाको मृत्यु

२३ कार्तिक २०७७, आईतवार ०८:१८
नेपालगञ्ज : ट्रयाक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाको बढैयाताल ७, पचासामा दुुर्घटना हुँदा मोटरसाईकलमा सवार श्रीमान र श्रीमतीको मृत्यु भएको हो । पचासा निवासी २५ वर्षीय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षीया ललिता रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपालगञ्जबाट […]