ट्रयाक्टरले ठक्कर दिँदा एकको मृत्यु

सदरलाइन संवाददाता २१ कार्तिक २०७७, शुक्रबार १३:१५
 


नेपालगञ्ज : बाँकेमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बिहीवार बेलुकी कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवा चोकस्थित राजमार्ग सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ गइरहेको भे.१ त.५८७५ नम्बरको ट्याक्टले विपरित दिशाबाट जाँदै गरेको भे.४ प. ६३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते हुनुभएका मोटरसाइकल चालक बाँकेको बैजनाथ २ का २५ बर्षीय नरेश थारुको उपचारका नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीले ट्रयाक्टर र चालक कोहलपुर ११ का २९ बर्षीय संजिवकुमार थारुलाई नियन्त्रणमा लिएको छ ।a

Next Post

बाँकेमा बेपत्ता परिचय पत्र बितरण गरिने

२१ कार्तिक २०७७, शुक्रबार १३:१५
नेपालगञ्ज : बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचय पत्र वितरणको काम अब छिट्टै शुरु हुने भएको छ । पीडित पहिचान गरेर तत्काल परिचय पत्र वितरणको काम शुरु गर्न लागिएको हो । सशस्त्र द्वन्दमा राज्य र गैरराज्य दुवै पक्षबाट सबैभन्दा बढी व्यक्तिहरु वेपत्ता पारिएको बर्दिया र बाँकेबाट परिचय पत्र वितरणको कार्य शुरु […]