भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई महारथीको दर्जा दिईंदै

सदरलाइन संवाददाता २० कार्तिक २०७७, बिहीबार ०९:४३
 

काठमाण्डौ : भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई आज मानार्थ महारथीको दर्जा दिँदै छ । प्रधानसेनापति पुर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा बुधवार नेपाल आएका सेनाध्यक्ष नरवणेलाई बिहीवार अपरान्ह चार बजे राष्ट्रपति विद्यादेवि भण्डारीले मानार्थ महारथीको दर्जा दिँदैछिन् ।

सन् १९५० मा पहिलो पटक शुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ । सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पदवी प्रदान गरिएको थियो ।

नेपाली सेनाका तर्फबाट भने त्यसको ठिक १९ वर्षपछि अर्थात सन् १९६९ मा सुरेन्द्रबहादुर शाहले भारतीय सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका थिए ।


यसले नेपाल–भारतबीच कैयौंपटक तिक्ततापूर्ण अवस्था आउँदा दुई देशको सैन्य सम्बन्धले पूलको काम गरेको छ । हालसम्म १७ जना भारतीय सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गरिसकेका छन् । र १८औं मानार्थ महारथीको पदवी बिहीवार नरवणेले पाउँदैछन् । नेपालका तर्फबाट अहिलेसम्म १४ जनाले भारतीय सेनाको मानार्थ महारथी पाएका छन् ।

नरवणेले बिहीवार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसलगत्तै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । बिहीवारनै प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थल सेनाध्यक्ष नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ । उनको सम्मानमा बिहीवार जङ्गिअड्डामा रात्रिभोज आयोजना हुनेछ ।

Next Post

बाँके र बर्दियाका शिक्षकहरुका क्षमता विकास तालिम

२० कार्तिक २०७७, बिहीबार ०९:४३
नेपालगञ्ज  : प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय प्रदेश नं ६ सुर्खेत र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बर्दियाको बारबर्दिया नगरपालिका र बाँकेको खजुरा गाउपालिकाको समन्वयमा शिक्षकका लागि प्रारम्भिक सिकाइ पढाइ सन्द्रर्भ सामाग्री निर्माण तथा प्रयोग र शिक्षकहरुका लागि शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी तालिम सुरु भएको छ […]