कञ्चनपुरबाट देशव्यापी साइकल यात्रा शुरु

सदरलाइन संवाददाता १९ कार्तिक २०७७, बुधबार १६:५९
 


कञ्चनपुर : कञ्चनपुरबाट बुधवारदेखि देशव्यापी साइकल यात्रा शुरु भएको छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा दोधाराचाँदनीबाट देशव्यापी साइकल यात्रा शुरु भएको हो ।

यात्रामा सहभागी भरतविक्रम शाहले पर्यटन प्रवद्र्धनसँगै स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले साइकल यात्रा शुरु भएको जानकारी दिए । उनले काकडभिट्टासम्म यात्रा पुग्ने बताए ।

Next Post

भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

१९ कार्तिक २०७७, बुधबार १६:५९
काठमाण्डौ : भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको हो । रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको आरोप लगाएको छ । गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र […]