खजुरास्थित औद्योगिक ग्रामको अवलोकन

सदरलाइन संवाददाता १८ कार्तिक २०७७, मंगलवार १७:२३
 


खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ मा निर्माणाधीन अवःथामा रहेको औद्योगिक ग्रामको मंगलवार उद्योग मन्त्रालयको एक टोलीले अवलोकन गरेको छ ।

बाँके जिल्लामै पालिकास्तरमा बन्दै गरेको एक मात्र औद्योगिक ग्रामको डिपिआरपछि निर्माण प्रक्रिया शुरु भएको छ । पहिलो चरणमा प्राप्त ९२ लाख रुपैयाँको लागतमा तारबार तथा चौकीदार भवन निर्माण कार्य भइरहेको छ ।

करीब २१ बिगाहा क्षेत्रफलमा निर्माण हुने उक्त औद्योगिक ग्रामको प्रदेश सांसद आइपी खरेल, लगानी वोर्डका कार्यकारी प्रमसख ससशील भट्ट, उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरे, सहसचिव बलराम रिजाल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पुनलगायतको टोलीले अवलोकन गरेको हो ।

अवलोकनमा पुगेको टोलीलाई खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले हालसम्म भएको कार्यप्रगतिबारे जानकारी दिँदै ३ वर्षभित्र निर्माण सम्पन्न गरिने जानकारी दिए । उनले ठुला, मझौला र साना उद्योग रहने गरी निर्माण गर्न गइरहेको उक्त औद्योगिक ग्राममा विभिन्न किसिमका उद्योगहरुले आउने इच्छा व्यक्त गरेको बताए ।

अध्यक्ष कक्षपतिले ३१ करोड ३० लाख २१ हजार ४ सय ७३ को लागत अनुमान गरेको उक्त औद्योगिक ग्राम केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण हुने र निकट भविष्यमै लगानी सम्मेलन गर्ने तयारी भएको जानकारी दिए ।

लगानी वोर्ड तथा मन्त्रालयको टोलीले खजुरामा निर्माण हुने औद्योगिक ग्रामको काम अगाडि बढाउँदै स्थानीय सरकारले पनि उद्योग नीति बनाएर अगाडि बढ्नु पर्ने सुझाव दिए । हालसम्मको कामको प्रशंसा गर्दै टोलीले आर्थिक, प्राविधिक तथा भइपरी आउने सबै किसिमका सहयोग गर्ने विश्वास दिलाउँदै पछि आउन सक्ने विभिन्न किसिमका चुनौतीको सामना गर्न अहिलेदेखिनै योजना बनाउन सुझाव समेत दिए ।

खजुरा गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम ओली, वडा नं.६ का अध्यक्ष साविर जोलाहा, योजना प्रमुख दिलबहादुर पौडेल र स्थानीयबासीको समेत उपस्थिति थियो ।

Next Post

पूर्व सभामुख महरालाई पत्नी वियोग

१८ कार्तिक २०७७, मंगलवार १७:२३
काठमाण्डौं : पूर्व सभामुख कृष्णबहादुर महराको धर्मपत्नीको निधन भएको छ । बुधबार (आज) विहान साढे ६ बजेतिर पूर्व सभामुख महराकी पत्नी  सीता महराको निधन भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि सीतालाई गत शुक्रबार हेलिकप्टर चार्टर गरि काठमाडौं लगिएको थियो । काठमाडौंस्थित नर्भिक हस्पीटलमा उपचारकै क्रममा सिताको निधन भएको […]