दुई करोडमा नागमणि बेच्ने तीनजना पक्राउ

सदरलाइन संवाददाता १८ कार्तिक २०७७, मंगलवार १७:११
 


नेपालगञ्ज : करीब दुई करोडमा बहुमूल्य नागमणि बेचेर ठगी गरेको आरोपमा बाँकेमा तीन जना पक्राउ परेका छन् । १ करोड ८९ लाख ५० हजार रुपैयाँमा नागमणि बेच्ने दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहोरा पक्राउ परेका हुन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ का माधवप्रसाद घिमिरलाई नागमणि बेच्दै गर्दा बाँके प्रहरीले तीनै जनालाई नेपालगञ्ज १ बाट ४० लाख नगदसहित पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।

बाँके प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार उनीहरुले घिमिरेलाई नागमणिको महत्वका साथै व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने र सुखशान्ति समृद्धि हुने भन्दै प्रलोभनमा पारेका थिए ।

यस्तै प्रहरीले मंगलवार सार्वजनिक गरेकोमा तीन किलो अफिम, २२ ग्राम ब्राउन सुगर, रेडपाण्डाको छाला र नेकपा विप्लव माओवादीका कार्यकर्ता रहेका छन् ।

Next Post

खजुरास्थित औद्योगिक ग्रामको अवलोकन

१८ कार्तिक २०७७, मंगलवार १७:११
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ मा निर्माणाधीन अवःथामा रहेको औद्योगिक ग्रामको मंगलवार उद्योग मन्त्रालयको एक टोलीले अवलोकन गरेको छ । बाँके जिल्लामै पालिकास्तरमा बन्दै गरेको एक मात्र औद्योगिक ग्रामको डिपिआरपछि निर्माण प्रक्रिया शुरु भएको छ । पहिलो चरणमा प्राप्त ९२ लाख रुपैयाँको लागतमा तारबार तथा चौकीदार […]