बाँकेमा थप ४४ जना डिस्चार्ज भई घर फर्के

सदरलाइन संवाददाता १७ कार्तिक २०७७, सोमबार ११:३१
 

नेपालगञ्ज : बाँकेमा सोमवार ४४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २९ पुरुष र १५ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ९ सय २८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


बाँकेमा विरामी निको हुने दर ९२ दशमलव ४२ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका २ सय ७ र अन्य जिल्लाका १३ गरी २ सय २० जना छन् । बाँकेमा हालसम्म ३ हजार १ सय ६८ जनामा कोरोना पुष्टि भएको छ भने ३३ जनाको मृत्युु भइसकेको छ ।

Next Post

धोबी समुदायका गयाप्रसाद बने नयाँ मुखिया

१७ कार्तिक २०७७, सोमबार ११:३१
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा धोबी बिरादरको नयाँ महतौ चयन गरिएको छ । जानकी गाउपालिका–३ मोतीपुरका झलारी भन्ने गयाप्रसाद धोबीलाई नयाँ महतौ चयन गरिएको हो । कात्तिक ५ गते धोबी बिरादरका अगुवा महतौ बुधाई धोबीको ७९ बर्षको उमेरमा असमयिक निधन भएपछि उनकै भाई झलारीलाई नायँ महतो चयन गरिएको हो […]