खजुरामा बन्ने भयो १५ शैयाको आधुनिक अस्पताल

सदरलाइन संवाददाता १७ कार्तिक २०७७, सोमबार १०:३३
 


खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा १८ करोड बढीको लगानीमा १५ शैयाको आधुनिक सुबिधासहितको अस्पताल निर्माण गरिने भएको छ । सकारको गत भदौ २४ गतेको मन्त्रिस्तरको निर्णय अनुसार देशभरका १ सय २२ स्थानीय तहसंगै खजुरा गाउपालिका पनि छनौटमा परेको हो ।

गाउपालिकाले खजुराको प्रारम्भिक स्वास्थ्य केन्द्रलाई नै १५ शैयाको अस्पतालकारुपमा विकास गर्ने गरी तयारी अघि बढाएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ शैयाको अस्पताल निर्माण गरिने विभिन्न स्थानीय तह र स्तरोन्नती हुने १ सय २२ वटा अस्पताल टुंगो लगाउने क्रममा बाँकेको खजुरा पनि परेको हो । स्थानीय तह र स्वास्थ्य संस्थाको टुंगो लगाएसँगै मन्त्रालयले ती सबै अस्पतालका लागि बजेट पनि अख्तियारी पठाईसकेको गाउपालिका अध्यक्ष कक्षपतिले बताए ।

अर्थ मन्त्रालयबाट खजुराले सो अस्पताल निर्माण गर्नको लागि १८ करोड ६ लाख ८२ हजार रुपैयाँ प्राप्त भएको छ । आवाससहित भवन निर्माणको काम गर्ने गरी तयारी सुरु गरिएको अध्यक्ष कक्षपतिले बताए । डेढ बर्षभित्रै काम सम्पन्न गरेर सेवा दिने गरी मंसिर १५ गते शिलान्यास कार्यक्रमको तयारी गरिएको पनि उनले जानकारी दिए ।

यसअघि मन्त्रालयले १५ शैय्याका अस्पताल बनाउनका लागि विभिन्न स्थानीयत तहका अस्पतालहरुलाई सूचीकृत गरेको थियो । अस्पताल सूचीकृत गरेपछि त्यसको सम्भाव्यता अध्ययन गर्न भवन विभागलाई जिम्मेवारी दिएको छ । खजुरामा बन्ने आधुनिक १५ शैयाको अस्पतालले दिने सेवा जिल्ला अस्पताल सरहको रहने बताईएको छ ।

Next Post

बाँकेमा थप ४४ जना डिस्चार्ज भई घर फर्के

१७ कार्तिक २०७७, सोमबार १०:३३
नेपालगञ्ज : बाँकेमा सोमवार ४४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २९ पुरुष र १५ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ९ सय २८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]