बाँकेमा थप ६० जना घर फर्के

सदरलाइन संवाददाता १६ कार्तिक २०७७, आईतवार ०८:३४
 

नेपालगञ्ज : बाँकेमा आइतवार ६० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ३६ पुरुष र २४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ८४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


बाँकेमा विरामी निको हुने दर ९१ दशमलव ६४ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका २ सय ३२ र अन्य जिल्लाका १३ गरी २ सय ४५ जना छन् । बाँकेमा हालसम्म ३ हजार १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ भने ३१ जनाको मृत्युु भइसकेको छ ।

Next Post

कोरोना कहर : बाँकेमा दुईदिनमा चार संक्रमितको उपचारको क्रममा मृत्यु

१६ कार्तिक २०७७, आईतवार ०८:३४
नेपालगञ्ज  : बाँकेमा कोभिड–१९ का कारण उपचारको क्रममा रहेका चार जना संक्रमितको दुईदिनको अन्तरालमा मृत्यु भएको छ । कोभिड–१९ विषेश आईशोलेशनमा उपचारको क्रममा रहेका ३ जनाको शनिबार एकजनाको आइतबार बिहान मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार आईतबार बिहान […]