कञ्चनपुरमा तीन जनाको शव भेटियो

सदरलाइन संवाददाता १५ कार्तिक २०७७, शनिबार १३:०४
 

कञ्चनपुर : कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा शनिवार बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीया सीता साउदको शव भेटिएको हो ।

दुवै जना गत असोज २८ गतेदेखि परिवारबाट सम्पर्क बिहीन रहेको र शनिवार बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको प्रहरीले जनाएको छ ।

यसैगरी कञ्चनपुरको महाकाली नदीमा शनिवार बिहान भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ ।


गत मङ्गलवार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए । प्रहरी प्रवक्ता थापाका अनुसार झोलुङ्गे पुलबाट करीब दुई सय मिटर दक्षिण चौधरीको शव भेटिएको हो ।

बेपत्तापछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेपनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन् । नदीमा माछा मार्ने क्रममा शनिवार विहान शव भेटिएको हो ।

Next Post

कैलालीका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु

१५ कार्तिक २०७७, शनिबार १३:०४
नेपालगञ्ज : कोरोना भाइरस संक्रमित कैलालीका एक पुरुषको बाँकेमा मृत्यु भएको छ । टिकापुर नगरपालिका वडा नम्बर १, कैलालीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार राती १ बजे मृत्यु भएको हो । उनको स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १४ गते अस्पतालको प्री–आइसोलेशन वार्डमा भर्ना गरिएको थियो […]