आशीर्वाद लिने क्रम बिहीवार पनि जारी

सदरलाइन संवाददाता १३ कार्तिक २०७७, बिहीबार ०८:५४
 

नेपालगञ्ज : बिहीवार आश्विन शुक्ल त्रयोदशी । आफन्तकहाँ पुगेर टीका र जमरासहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम बिहीवार पनि जारी छ । यो क्रम आश्विन शुक्ल पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

केही मानिसले कात्तिक महिनामा परेको दशैँमा टीका लगाउनुहुन्न भनी सामाजिक सञ्जाललगायत माध्यमबाट चलाएको हल्लामा कुनै शास्त्रीय सत्यता नरहेको समितिको ठहर छ । समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमले चान्द्रमासअनुसार अहिले पनि आश्विन शुक्ल पक्षनै रहेकाले त्यस्तो हल्लाका पछि नलाग्न सवैमा आह्वान गरेका छन् ।


पछिल्लो समय मौलिक संस्कृतिमाथि आक्रमण गर्ने चलाइने यस्ता हल्लाका पछि नलागी सांस्कृतिक पर्वको शास्त्रीय मान्यता बुझेर त्यस अनुसार अघि बढ्न धर्मशास्त्रविद्हरुले आम मानिसमा आह्वान गरे ।

वैदिक सनातनी परम्परामाथि भ्रम फैलाउन विगत केही वर्षदेखि मौलिक धर्म, संस्कृति लक्षित हल्ला चलाउने क्रम जारी रहेकाले सचेत हुन नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक डा देवमणि भट्टराईको भनाई छ ।

Next Post

ठूलो रकमसहित बाँकेमा दश जुवाडे पक्राउ

१३ कार्तिक २०७७, बिहीबार ०८:५४
नेपालगञ्ज : ठूलो परिमाणको रकमसहित बाँकेमा १० जुवाडे पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क क्षेत्रबाट २९ लाख ४८ हजार ७ सयसहित बुधवार राति १० जना पक्राउ परेका हुन् । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जिल्लाका प्रतिष्ठित व्यापारी तथा व्यक्तिहरु जुवा खेलिरहेको अवस्थामा पक्राउ परको […]