बाँकेका थप अठार जना डिस्चार्ज

सदरलाइन संवाददाता १२ कार्तिक २०७७, बुधबार ०८:३७
 


नेपालगञ्ज : बाँकेमा बुधवार १८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १२ पुरुष र ६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ७८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा विरामी निको हुने दर ८९ दशमलव १५ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका २ सय ९६ र अन्य जिल्लाका ११ गरी ३ सय ७ जना छन् । बाँकेमा हालसम्म ३ हजार ४ जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्युु भइसकेको छ ।

Next Post

बडादशैँको तेस्रो दिन, टीका थाप्ने क्रम जारी

१२ कार्तिक २०७७, बुधबार ०८:३७
नेपालगञ्ज : बडादशैँको टीकाको तेस्रो दिन आज (बुधवार) पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी छ । टाढा टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम पूर्णिमाको दिनसम्मै जारी रहन्छ । घटस्थापनाका दिन दशैँघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीका र […]

सम्बन्धित