मंगलवार बाँकेमा ३८ जना डिस्चार्ज

सदरलाइन संवाददाता ११ कार्तिक २०७७, मंगलवार ०८:५५
 


नेपालगञ्ज : बाँकेमा सोमवार ३८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २४ पुरुष र १४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ६० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा विरामी निको हुने दर ८८ दशमलव ७९ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका ३ सय ६ र अन्य जिल्लाका १८ गरी ३ सय २४ जना छन् । बाँकेमा हालसम्म २ हजार ९ सय ९६ जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्युु भइसकेको छ ।

Next Post

बाँकेका थप अठार जना डिस्चार्ज

११ कार्तिक २०७७, मंगलवार ०८:५५
नेपालगञ्ज : बाँकेमा बुधवार १८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १२ पुरुष र ६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ७८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]