‘सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाऔं’

सदरलाइन संवाददाता ११ कार्तिक २०७७, मंगलवार ०८:२०
 


काठमाण्डौ : राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी हुन थालेको भन्दै यसलाई मर्यादित र शिष्ट बनाउन आग्रह गरेको छ । राष्ट्रपति कार्यालयले हरेक विषयलाई राजनीतिक आँखाबाट नहेर्न पनि सबैमा अनुरोध गरेको छ ।

पछिल्लो समय भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण र प्रधानमन्त्रीको भेटसँगै सरकारको चर्को आलोचना भइरहेको र यसले सरकारप्रति नागरिकको आक्रोश बढेपछि राष्ट्रपति कार्यालयको यस्तो प्रतिक्रिया आएको हो ।

Next Post

दशैंको दोस्रो दिन पनि आशीर्वाद ग्रहण गरिँदै

११ कार्तिक २०७७, मंगलवार ०८:२०
नेपालगञ्ज : दशैंको टीकाको दोस्रो दिन मंगलवार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ । विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र […]