दशैंका दिन बाँकेमा सैंतिस जना डिस्चार्ज

सदरलाइन संवाददाता १० कार्तिक २०७७, सोमबार ०७:१०
 

नेपालगञ्ज : बाँकेमा सोमवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २२ पुरुष र १५ महिला कोरोनामुक्त भई दशैंका दिन डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय २२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


बाँकेमा विरामी निको हुने दर ८७ दशमलव ६९ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका ३ सय ३८ र अन्य जिल्लाका १८ गरी ३ सय ५६ जना छन् । बाँकेमा हालसम्म २ हजार ९ सय ९० जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्युु भइसकेको छ ।

Next Post

‘सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाऔं’

१० कार्तिक २०७७, सोमबार ०७:१०
काठमाण्डौ : राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी हुन थालेको भन्दै यसलाई मर्यादित र शिष्ट बनाउन आग्रह गरेको छ । राष्ट्रपति कार्यालयले हरेक विषयलाई राजनीतिक आँखाबाट नहेर्न पनि सबैमा अनुरोध गरेको छ । पछिल्लो समय भारतीय गुप्तचर प्रमुख […]