बाँकेमा एकैदिन एक सय सन्ताउन्न जना डिस्चार्ज

सदरलाइन संवाददाता ९ कार्तिक २०७७, आईतवार ०९:०७
 

नेपालगञ्ज : बाँकेमा आइतवार एकैदिन १ सय ५७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ९८ पुरुष र ५९ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । बाँकेमा एकैदिन यति धेरै संख्यामा संक्रमितहरु निको भएर डिस्चार्ज भएको यो पहिलो पटक हो ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय १४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


बाँकेमा विरामी निको हुने दर ८४ दशमलव ४५ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका ४ सय ३६ र अन्य जिल्लाका १८ गरी ४ सय ५४ जना छन् । बाँकेमा हालसम्म २ हजार ९ सय ८० जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्युु भइसकेको छ ।

फोकल पर्सन श्रेष्ठका अनुसार १० दिन आइसोलेसनमा बसाई पूरा गरेका संक्रमितहरुमा पछिल्लो तीन दिनमा चिन्ह लक्षण नदेखिएमा त्यस्ता व्यक्तिहरुलाई १० दिनमै डिस्चार्ज गर्ने र उनिहरू ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नु पर्ने भन्ने स्वास्थ्य मन्त्रालयको निर्देशनबमोजिम बाँकेमा पनि सोहीअनुसार गरिएको हो ।

Next Post

भेरीको परीक्षणमा आइतवार थपिए पाँच संक्रमित

९ कार्तिक २०७७, आईतवार ०९:०७
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा आइतवार थप ५ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगञ्जका २ र खजुराका १ जना पुरुषमा कोरोना पुष्टि भएको हो । आइतवार विहान शिफ्टमा गरिएको परीक्षणमा भक्तपुरकी १ महिला र बर्दिया बाँसगढीका १ पुरुषमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका […]

सम्बन्धित