देशभर थपिए दुई हजार बढी कोरोना संक्रमित

सदरलाइन संवाददाता ८ कार्तिक २०७७, शनिबार १७:४९
 


नेपालगञ्ज : नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेको छ । गएको २४ घण्टामा दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १३ हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको हो । काठमाण्डौ उपत्यकामा भने एक हजार एक सय १० जना थपिएका छन् ।

यस्तै गएको २४ घण्टामा दुई हजार आठ सय ४६ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या एक लाख आठ हजार तीन सय ३४ पुगेको छ । अब नेपालमा ४६ हजार ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Next Post

बाँकेमा एकैदिन एक सय सन्ताउन्न जना डिस्चार्ज

८ कार्तिक २०७७, शनिबार १७:४९
नेपालगञ्ज : बाँकेमा आइतवार एकैदिन १ सय ५७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ९८ पुरुष र ५९ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । बाँकेमा एकैदिन यति धेरै संख्यामा संक्रमितहरु निको भएर डिस्चार्ज भएको यो पहिलो पटक हो । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई […]

सम्बन्धित