भेरीको परीक्षणमा १९ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ८ कार्तिक २०७७, शनिबार १५:४२
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालद्वारा शनिबार जारी विवरण अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका १७ र अन्य जिल्लाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा ७१ को नमुना परीक्षण गरिएको थियो । भेरीको प्रयोगशालामा हालसम्म ४५ हजार ७ सय ८४ जनाको नमुना परीक्षण गरिएकोमा ३ हजार ४ सय ५४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

Next Post

देशभर थपिए दुई हजार बढी कोरोना संक्रमित

८ कार्तिक २०७७, शनिबार १५:४२
नेपालगञ्ज : नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेको छ । गएको २४ घण्टामा दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १३ […]

सम्बन्धित