बाँकेमा ४२ जना कोरोनामुक्त भई डिस्चार्ज

सदरलाइन संवाददाता ८ कार्तिक २०७७, शनिबार ०८:१७
 


नेपालगञ्ज : बाँकेमा शनिवार ४२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २५ पुरुष र १७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ५७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा विरामी निको हुने दर ८० दशमलव ०३ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका ५ सय ५८ र अन्य जिल्लाका १८ गरी ५ सय ७६ जना छन् । बाँकेमा हालसम्म २ हजार ९ सय ४५१ जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्युु भइसकेको छ ।

Next Post

‘जनमत’ बटुल्दै जनमत पार्टी

८ कार्तिक २०७७, शनिबार ०८:१७
नेपालगञ्ज : जनमत पार्टी बाँकेले संगठन विस्तारलाई तीव्रता दिँदै नेपालगञ्ज उपमहानगरपालिका १४ करियातीपुर्वामा ११ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । सुनिल वर्माको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष नन्कु कोरी, सचिव मँहगू कोरी, कोषाध्यक्ष राम किशोर कोरी, सदस्यमा रानी कोरी, छुहारा कोरी, मीना खटिक, सावित्री खटिक, दुलारे खटिक, सुमन बर्मा […]

सम्बन्धित