देशभर ४४ सय बढीमा कोरोना पुष्टि

सदरलाइन संवाददाता ७ कार्तिक २०७७, शुक्रबार १७:२०
 


नेपालगञ्ज : देशभर शुक्रवार थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको बताए ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।

Next Post

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

७ कार्तिक २०७७, शुक्रबार १७:२०
नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा नेपालगञ्ज १ धम्बोझीका ५० बर्षीय पुरुषको शुक्रवार राती १० बजे मृत्यु भएको हो । बागेश्वरी डाइग्नोस्टिक ल्याबमा परीक्षण गर्दा असोज २६ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश […]