नेपालगञ्जको घरबारीटोलमा मदरल्याण्ड होटल सञ्चालनमा

सदरलाइन संवाददाता ७ कार्तिक २०७७, शुक्रबार १७:०७
 


नेपालगञ्ज :  नेपालगञ्ज उप–महानगपालिका वडानं. २ मा रहेको होटल मदरल्याण्डले आज फूलपातिको दिनबाट आफ्नो सेवा सुरु गरेको छ । नेपालगञ्ज उप–महानगपालिकाका नगर प्रमुख डा. धवल शम्सेर राणाले उद्घाटन गरेपछि होटल सञ्चालनमा आएको हो ।

गत बैशाख मै सञ्चालनमा आउने गरी तयारीमा रहेको सो होटल कोभिड–१९ का कारण ढिलो गरी सञ्चालनमा आएको हो ।

होटल मदरल्याण्डका सञ्चालक दानबहादुर बुढाले गत बर्ष नै सञ्चालनमा ल्याउनका लागि तयारी गरिएको भए पनि होटललाई सजावट र व्यवस्थित बनाउने कार्यमा कोरोना माहामारीका कारण अबरोध भएकोले ढिलाई भएको जानकारी दिए ।


नेपालगञ्जको धम्बोझी चोक नजिकै घरबारीटोलमा रहेको सो होटलमा १८ वटा वातानुकुलित कोठा, पार्किङ्गको राम्रो सुविधाका साथै विवाह पार्टी, सेमिनार, गोष्ठि लगाएतका सामुहिक कार्यका लागि हलको समेत व्यवस्था रहेको सञ्चालक बुढाले बताए ।

होटलमा नियमित खाना र विषेश खानामा च्याङ्गग्राको मासु, थकाली खानासेट र जुम्लाको अर्गानिक खानाका साथै बस तथा जाहाजको टिकट काट्ने सुविधादिने गरी होटल करिव ४० लाखको लगानी गरी होटल सञ्चालनमा ल्याईएको जनाईएको छ ।

Next Post

देशभर ४४ सय बढीमा कोरोना पुष्टि

७ कार्तिक २०७७, शुक्रबार १७:०७
नेपालगञ्ज : देशभर शुक्रवार थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको बताए । यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर २ हजार ६ सय […]