किशोरी कलेजमा पढाईने विषय छनौटका बारेमा राय संकलन

सदरलाइन संवाददाता ५ कार्तिक २०७७, बुधबार १८:१८
 


नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले निकट भविष्यमै सञ्चालनमा ल्याउन लागेको किशोरी महाविद्यालयमा अध्यापन गराईन सकिने विभिन्न विषयका बारेमा सरोकारवाला निकायसंग राय सुझाव संकलन गरिएको छ ।

छात्रा कलेज अध्ययन समितिका संयोजक रविन्द्र कर्णको अध्यक्षतामा सम्पन्न भएको सो सुझाव संकलन कार्यशालाका सहभागिले कलेजमा अध्यापन गराईने विषय तत्काल नै रोजगारको अवस्था श्रृजना गर्नसक्ने प्राविधिक शिक्षा हुनु पर्ने सुझाव दिएका छन् ।

सो कार्यशालामा पहिलो संविधान सभाका सदस्य मोहमदी सिद्दिकी, नेपालगञ्ज उपमहानगर पालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, शिक्षा विद सञ्जय सिंह, किरण आचार्य, बार एशोसियसनका सुनिल श्रेष्ठ, उच्च अदालत बारका शिकास आचार्य, शिक्षक संगठनका बामदेब सुवेदी, शिक्षक संघका तोजेन्द्र बिक, चिकित्सक संघ भेरीका डा. बिनोद कर्ण, महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जका सह प्रध्यापकहरु अनिता शाह, सावित्रा बस्नेत, अशोक बस्नेतलगायतको सहभागिता रहेको थियो ।


Next Post

बाँकेमा बिहीवार ५१ जना कोरोनामुक्त

५ कार्तिक २०७७, बुधबार १८:१८
नेपालगञ्ज : बाँकेमा बिहीवार ५१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ३६ पुरुष र १५ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ७८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]