नेपालमा एकलाख बढी कोरोना संक्रमित

सदरलाइन संवाददाता ५ कार्तिक २०७७, बुधबार १७:४२
 

नेपालगञ्ज : नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार ५ हजार ७ सय ४३ जना थपिएसँगै देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको हो ।

पछिल्लो २४ घण्टामा २० हजार एक सय १८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा २ हजार ९ सय ९६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९९ हजार ६ सय ५ पुगेको छ । एकैदिन संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।


अब नेपालमा ४४ हजार ४७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ६५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ७ सय ९१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Next Post

किशोरी कलेजमा पढाईने विषय छनौटका बारेमा राय संकलन

५ कार्तिक २०७७, बुधबार १७:४२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले निकट भविष्यमै सञ्चालनमा ल्याउन लागेको किशोरी महाविद्यालयमा अध्यापन गराईन सकिने विभिन्न विषयका बारेमा सरोकारवाला निकायसंग राय सुझाव संकलन गरिएको छ । छात्रा कलेज अध्ययन समितिका संयोजक रविन्द्र कर्णको अध्यक्षतामा सम्पन्न भएको सो सुझाव संकलन कार्यशालाका सहभागिले कलेजमा अध्यापन गराईने विषय तत्काल नै रोजगारको अवस्था श्रृजना गर्नसक्ने […]