कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेदेखि

सदरलाइन संवाददाता ५ कार्तिक २०७७, बुधबार १७:३६
 


काठमाण्डौ : कक्षा १२ को परीक्षा आगामी मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधवार परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

बिहान ८ बजे शुरु हुने परीक्षा मङ्सिर १६ गते सकिने कार्यतालिका रहेको छ । शनिवार पनि परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भई उपचाररत परीक्षार्थीहरुलाई परीक्षामा सहभागी नहुन बोर्डले आग्रह गरेको छ । त्यस्ता परीक्षार्थीहरुका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्वारा परीक्षण गरिएको प्रयोगशाला रिपोर्टको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

Next Post

नेपालमा एकलाख बढी कोरोना संक्रमित

५ कार्तिक २०७७, बुधबार १७:३६
नेपालगञ्ज : नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार ५ हजार ७ सय ४३ जना थपिएसँगै देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको हो । पछिल्लो २४ घण्टामा २० हजार एक सय […]