बाघको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

सदरलाइन संवाददाता ५ कार्तिक २०७७, बुधबार १७:२४
 


बर्दिया : बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ३ भगरैया बस्ने अन्दाजी २९ वर्षीया गंगा बुढालाई घाँस काट्ने क्रममा बुधवार अपरान्ह सवा ४ बजे पाटेबाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

उनको शव दशगजाबाट एक सय मिटरभित्र भारततर्फको जंगलतिर पुर्याएको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया मातहत रहेको विओपी भगरैयाबाट सप्रनानि भिम बहादुर वलीको कमाण्डमा खटिएको ११ जनाको टोली र स्थानीय बासिन्दाको सहयोगमा होहल्ला गरी बाघलाई भगाएर महिलालाई मृत अवस्थामा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

Next Post

कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेदेखि

५ कार्तिक २०७७, बुधबार १७:२४
काठमाण्डौ : कक्षा १२ को परीक्षा आगामी मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधवार परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । बिहान ८ बजे शुरु हुने परीक्षा मङ्सिर १६ गते सकिने कार्यतालिका रहेको छ । शनिवार पनि परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले […]