कञ्चनपुरका कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता ५ कार्तिक २०७७, बुधबार ०९:१७
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमित कञ्चनपुरका एक व्यक्तिको बाँकेमा मृत्यु भएको छ । मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारकालागि कोहलपुर आएका युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

बेलाडी ५ कञ्चनपुरका २४ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलवार बेलुका मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


उनी असोज ३० गते थप उपचारका लागि भर्ना भएका थिए । कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाव संकलन गरिएको थियो । त्यसैदिन उनको रिपोर्ट पोजेभिट आएको अस्पतालले जनाएको छ ।

कोरोना पोजेटिभपछि ती युवाको उपचारका लागि रोगको प्रकृती अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दापनि स्वास्थ्यमा सुधार नआएपछि बेलुका साढे ७ बजे मृत्यु भएको श्रेष्ठले बताउ । योसँगै उपचारका लागि बाहिरी जिल्लाबाट आएका १५ जनाको बाँकेमा निधन भएको छ ।

Next Post

बाँकेमा ५२ जना कोरोनामुक्त भई घर फर्के

५ कार्तिक २०७७, बुधबार ०९:१७
नेपालगञ्ज : बाँकेमा बुधवार ५२ जना कोरोना जितेर घर फर्केका छन् । विभिन्न आइसोलेशनमा रहेका ३१ पुरुष र २१ जना महिला कोरोनामुक्त भई घर फर्केका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या २ हजार २ सय २७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले […]