बर्दियाका शिक्षकका लागि क्षमता विकास तालिम सुरु

सदरलाइन संवाददाता ३ कार्तिक २०७७, सोमबार १९:३८
 


बर्दिया : बर्दियाको राजापुर र ठाकुरवावा नगरपालिकाको  शिक्षकका लागि प्रारम्भिक शिक्षण सिकाई सन्दर्भ सामाग्री उत्पादन सम्बन्धित तालिम बर्दियाको विभिन्न पालिकामा सुरु भएको छ ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेत र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा तथा बर्दियाको राजापुर र ठाकुरवावा नगरपालिकाको समन्वयमा लन परियोजना अन्तरगत शिक्षकहरुका लागि प्रारम्भिक सिकाइ पढाई सन्द्रर्भ सामाग्री निर्माण तथा प्रयोग सम्बन्धी तालिम सुरु भएको हो ।

विगतमा नेपाल सरकारले सन् २००९ जुलाईदेखि २०१६ जुलाईसम्म विद्यालय क्षेत्र सुधार योजना कार्यान्वयन गरेको थियो । सन् २००९ देखि २०१४ सम्मको विद्यालय क्षेत्र सुधार कार्यव्रmम कार्यान्वयन पश्चात् दुई वर्ष थप गरी २०१६ सम्म सञ्चालन गरिएको कार्यक्रमलाई निरन्तरता प्रदान गर्दै नेपाल सरकारले आगामी ७ वर्षका लागि विद्यालय क्षेत्र विकास योजना अगाडि ल्याएको छ ।

विसं. २०७९ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नती गरी विसं. २०८७ सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा पुग्ने दूरदृष्टि मा केन्द्रित रहेर जुलाई २०१६ देखि जुलाई २०२३ (वि.स. २०७३ देखि २०८०) सम्मका लागि यो योजना अगाडि ल्याइएको बताईएको छ ।

सन्र्दभ सामाग्री निर्माण तालिम राजपुरका शिक्षकहरुका लागि ४ दिने र शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम ठाकुरबाबाका शिक्षकहरुको लागि ३ दिने संचालन भएको हो । तालिमले विद्यालयमा हुने शिक्षण तथा सिकाई प्रक्रियाले लैंगिक विभेदलाई प्रोत्साहन गर्ने विश्वास लिईएको छ ।


धेरैजसो समय बालक र बालिकालाई सिकाई प्रक्रियामा समान सहभागिताको अवसर प्रदान नहुने हुँदा शैक्षिक सामग्री र कक्षाकोठा प्रर्दशनले पनि लैंगिक परम्परागत मुल्यमान्यतालाई निरन्तरता दिने विश्वासले लैंगिक समानता प्रवर्दन गर्न लैंगिक संवेदनशिल शिक्षणसिकाई पद्धति अनिवार्य हुने सहभागिको बुझाई छ ।

तालिममा परियोजना संचालन भएका दुवै नगरपालीकाका करिब २६ जना शिक्षकहरुको सहभागीता रहेको छ । तालिम राजापुर नगरपालिकामा बुधवार र ठाकुरबाबा नगरपालिकामा मंगलवार सम्पन्न हुने स्याक नेपालका कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

प्रारभिक सिकाइ पढाइ सन्द्रर्भ सामाग्री निर्माण तथा प्रयोग सम्बन्धी तालिमको सहजिकरण कल्पना अधिकारी र शिक्षकहरुका लागि शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम सहजकर्ता हिमा कुमारी सुनारले गरिरहेका छन् ।

तालिममा सहभागीहरुमा कोरानो भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको प्रयोग अनिवार्य गरी समय समयमा साबुन पानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको थियो ।

 

Next Post

निकुञ्ज आसपासका किसानलाई बैकल्पिक खेतीमा प्रोत्साहन

३ कार्तिक २०७७, सोमबार १९:३८
नेपालगञ्ज : निकुञ्जमा रहेका बन्यजन्तुले खेतीबाली नोक्सानी गरेपछि चिन्तित किसानहरु नोक्सानीको क्षतिपूर्ती भन्दा बैकल्पिक खेतीका लागि सहयोग गर्न आग्रह गरेका छन् । बर्षभरी खान पुग्ने उत्पादन हुने खेतबारीमा निकुञ्जबाट आउने बन्यजन्तुले नोक्सान गरेर एकदुई महिना पनि टार्न मुस्किल हुन लागे पछि बैकल्पिक खेतीको बारेमा सोच बनाउन बाध्य बनाएको राजकोट मध्यवर्ती […]