वाटरपार्कमा डुबेर बालकको मृत्यु

सदरलाइन संवाददाता २ कार्तिक २०७७, आईतवार १६:०१
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोजीस्थित वाटरपार्क तलाउमा डुबेर आइतवार एक बालकको मृत्यु भएको छ ।

नेपालगञ्ज ११ का अन्दाजी १० बर्षीय बालक फरमाद खानको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


दिउँसो १ बजे बालक पौडी खेल्ने क्रममा उक्त तलाउमा डुबेर बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाको नेतृत्वमा गएको प्रहरी टोलीले करीब २० मिनेटमै बालकको शवलाई तलाउबाट बाहिर निकालेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Next Post

ब्राउन सुगरसहित बाँकेमा दुईजना पक्राउ

२ कार्तिक २०७७, आईतवार १६:०१
नेपालगञ्ज : प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुईजना पक्राउ परेका छन् । नेपालगञ्ज १८ का प्रदिप खटिक र नेपालगञ्ज १६ जयसपुरकी २१ वर्षीया निशा खान लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् । खटिकलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ उदयपुरबाट ४ ग्राम लागुऔषध ब्राउन सुगर र जयसपुरका बिलेदार खानकी २१ बर्षीया […]