नरैनापुरद्वारा कानुन निर्माणमा तीब्रता

सदरलाइन संवाददाता १ कार्तिक २०७७, शनिबार १८:२५
 


नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले कानुन निर्माणलाई तीब्रता दिएको छ । गाउँपालिकाले असोज महिनामा मात्र ६ वटा कानुन, नियमावली र कार्यविधि बनाएको छ ।

शुक्रबार विशेष गाउँसभाबाट वातावरण तथा प्राकृतिक संरक्षण स्रोत ऐन २०७७ सर्वसम्मतले पारित गरेको गाउँपालिकाले असोज ९ गतेको कार्यपालिका बैठकबाट ५ वटा नियमावली र कार्यविधि बनाएको थियो ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको विशेष गाउँसभाले वातावरण तथा प्राकृतिक संरक्षण स्रोत ऐन २०७७ सर्वसम्मतले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए । प्रदेश सरकारले तत्काल ऐन ल्याउन ताकेता गरेपछि विशेष गाउँसभाबाट सर्वसम्मत पारित गरिएको शाहीले बताए ।

अध्यक्ष शाहले प्रारम्भिक वातावरणीय परिक्षण (आइईई) मार्फत् वातावरणमैत्री विकासका लागि बाटो खुलेको बताए । गाउँसभामा प्रस्तावित ऐन उपर वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य र वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले सुझाब दिए ।
ि
जन्सी शाखा प्रमुख भरत महतोले सञ्चालन गर्नुभएको गाउँसभामाा उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेष, २ का अध्यक्ष मसुद अहमद शाह, ४ का अध्यक्ष दिनेश प्रसाद शर्मा र वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रपाल सिंह लगायत कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिति थियो ।

Next Post

घट्दै छ मानव र बन्यजन्तु द्वन्द्व

१ कार्तिक २०७७, शनिबार १८:२५
नेपालगञ्ज : निकुञ्ज र मध्यवर्ती क्षेत्र निकटका मानव बस्तीमा बन्यजन्तुको कारण खेतीबाली संरक्षणमा समस्या हुने गरेको छ । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासको मानव वस्तीमा बन्यजन्तुबाट खेतीबाली जोगाउन स्थानीय सरकारले थोरै भए पनि पहल सुरु गरेको छ । निकुञ्ज आसपासका बाँकेको राप्तीसोनारी गाउपालिका र बैजनाथ गाउपालिकाले निकुञ्ज तथा […]

सम्बन्धित