शनिवार देशभर ३१ सय बढीमा कोरोना पुष्टि

सदरलाइन संवाददाता १ कार्तिक २०७७, शनिबार १७:१७
 

नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिवार देशभर १८ सय संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेहरूको कुल संख्या ८९ हजार ५ सय ४० पुगेको छ ।

नेपालमा हाल ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन् । शनिवारसम्म १३ जार ३९९ जना संस्थागत आइसोलेशनमा छन् भने बाँकी २५ हजार ४ सय ३८ जना होम आइसोलेशनमा छन् ।


पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ३८ जनको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।

Next Post

यसवर्ष पहिलो पटक देउसी भैलो खेल्न प्रतिबन्ध

१ कार्तिक २०७७, शनिबार १७:१७
नेपालगञ्ज : यस वर्ष पहिलो पटक तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । देउसी भैलो खेल्दा भीडभाड बढि हुने भएको भन्दै यो पटक देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै यो पटक देउसी भैलो नखेल्न अनुरोध गरेको छ । प्रशासनले निर्णयबिरुद्ध देउसी […]