भेरीको परीक्षणमा २४ जना संक्रमित थपिए

सदरलाइन संवाददाता १ कार्तिक २०७७, शनिबार १६:५५
 


नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालले शनिवार जारी गरेको विवरणअनुसार बाँके, बर्दिया र दाङका २४ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ६१ जनाको स्वाव परीक्षण गर्दा दाङका १, बर्दियाका ५ र बाँकेका १७ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । नयाँ थपिएका संक्रमितहरु १७ देखि ६५ वर्ष उमेर समुहका रहेका छन् ।

Next Post

आफुलाई क्यान्सर भएको सञ्जय दत्तद्वारा पुष्टि

१ कार्तिक २०७७, शनिबार १६:५५
काठमाण्डौ : भारतीय चलचित्र उद्योग बलीवुडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको पुष्टि गरेका छन् । भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए । सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले ‘चाँडै क्यान्सरलाई परास्त गर्ने’ विश्वास व्यक्त गरेका छन् । उनले […]

सम्बन्धित