कविताबाट बलात्कारको बिरोध

सदरलाइन संवाददाता ३० आश्विन २०७७, शुक्रबार २१:१२
 

सुर्खेतः सुर्खेतमा कविता बाचन गरेर बलात्कारका घटनाको बिरोध गरिएको छ । बलात्कारका घटनाको न्यूनिकरण र बलात्कारीलाई कानूनी कारबाहीको माग गर्दै शुक्रबार युवाहरुले कविताबाट बलात्कारका घटनाको बिरोध जनाएका हुन् ।


द ह्युमनिटेरिएन्स नेपाल, द परिवर्तन युवा समूह नेपाल र द नेष्ट टार्गेटले आयोजना गरेको कार्यक्रममा ऋषि शर्मा, टीका पाण्डे, विज्ञान राज, आदर्श, सुवाशी योगी, उमेश तिवारी र कपिलनाथ योगीले कविता बाचन गरेको थिए ।

तनाव छ जिन्दगी, ९९३ रेसिङ टिम र आरुष क्रियसनको सहकार्य भएको कवितात्मक बिरोध कार्यक्रममा अनिश ढकाल, सुस्मा गिरी, समिर राना र रोशनी सिंहले बलात्कारीलाई हदैसम्मको कानूनी सजाय हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रम कपिल नाथ योगीले सञ्चालन गरेका हुन् ।

Next Post

कोरोना संक्रमणबाट बाँकेमा मृतक दर बढ्दै

३० आश्विन २०७७, शुक्रबार २१:१२
नेपालगञ्ज : पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमित मृतकको दर बढिरहेको खुलासा भएको छ । शुक्रवार राती नेपालगञ्जका दुई कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको दर बढिरहेको खुलासा भएको हो । नेपालगञ्ज १९ कारकाँदोका १८ बर्षीया एक युवती र नेपालगञ्ज १० भृकुटीनगरका ६१ बर्षीय एक पुरुषको उपचारकै क्रममा शुक्रवार राती मृत्यु भएको […]