सुबिसुका ग्राहकहरुलाई रिफरमा बोनस अफर

सदरलाइन संवाददाता ३० आश्विन २०७७, शुक्रबार १८:५८
 

नेपालगञ्ज :  नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले रिफरमा बोनस अफर ल्याएको छ । ग्राहकमाझ ल्याइएको अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट/टिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्ने सुबिसु नेपालगञ्ज शाखाका प्रबन्धक रामप्रसाद आचार्यले जानकारी दिए । इन्टरनेटको बढ्दो माग र विश्वसनीय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ ।  अफरमा सर्त तथा नियमहरु लागु हुने छ । रिफर गर्नको लागि यो लिन्कमा क्लिक गरेर आवश्यक जानकारी भर्न सकिनेछ । https://subisu.net.np/referal

रिफरमा बोनस सम्बन्धी थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

https://subisu.net.np/notice-release/refer-ma-bonus

सुबिसुका बारेमा 
सुबिसु केबलनेट (प्रा.) लिले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs),  व्यानएथर्नेट (WAN Ethernet),  होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit),एम.भि.पि (MVP),डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथाबिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।


Clear TV का बारेमा 
Clear tv, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले MPEG4 Standard Definition / High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।

Next Post

कविताबाट बलात्कारको बिरोध

३० आश्विन २०७७, शुक्रबार १८:५८
सुर्खेतः सुर्खेतमा कविता बाचन गरेर बलात्कारका घटनाको बिरोध गरिएको छ । बलात्कारका घटनाको न्यूनिकरण र बलात्कारीलाई कानूनी कारबाहीको माग गर्दै शुक्रबार युवाहरुले कविताबाट बलात्कारका घटनाको बिरोध जनाएका हुन् । द ह्युमनिटेरिएन्स नेपाल, द परिवर्तन युवा समूह नेपाल र द नेष्ट टार्गेटले आयोजना गरेको कार्यक्रममा ऋषि शर्मा, टीका पाण्डे, विज्ञान राज, […]

सम्बन्धित