बाँकेमा शुक्रवार १७ जना डिस्चार्ज

सदरलाइन संवाददाता ३० आश्विन २०७७, शुक्रबार ०८:१३
 


नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ९ महिला ८ पुरुष गरी १७ जना डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ८० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

अब आइसोलेसनमा बाँकेका ५ सय ९१ र अन्य जिल्लाका २१ गरी ६ सय १२ जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार ५ सय ९८ जनामा कोरोना पुष्टि भएको छ भने २७ जनाको मृत्यु भइसकेको छ ।

Next Post

‘बाँके अखिलको एकता प्रकृया बिधान विपरित’

३० आश्विन २०७७, शुक्रबार ०८:१३
नेपालगञ्ज  : नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू बाँकेको एकता प्रक्रियाप्रति असहमति जनाउदै असन्तुष्ट समुहले असहमती पत्र बुझाएका छन । असंतुस्ट पक्षले विद्यार्थी संगठनको एकीकरण प्रक्रिया अन्तर्गत बाँके जिल्लाको एकता प्रक्रियामा देखिएको विवाद समाधान गर्नका लागि साविकका जिल्ला स्तरीय विद्यार्थी नेताहरुले अनेरास्ववियू केन्द्रीय कमिटीका संयोजक र सह संयोजकलाई असन्तुष्टि पत्र स्थानीय […]