रुकुम पश्चिमका कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता ३० आश्विन २०७७, शुक्रबार ०७:५०
 


नेपालगञ्ज : बाँकेमा उपचारका क्रममा रुकुम पश्चिमका कोरोना संक्रमित एक पुरुषको शुक्रवार विहान मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर १४ का ३३ बर्षीय पुरुषको नेपालगञ्ज मेकिडल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा विहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज २१ गते भर्ना भएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Next Post

बाँकेमा शुक्रवार १७ जना डिस्चार्ज

३० आश्विन २०७७, शुक्रबार ०७:५०
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ९ महिला ८ पुरुष गरी १७ जना डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ८० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले […]