भेरीको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २९ आश्विन २०७७, बिहीबार १७:३२
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेसहित ४४ जनामा कोरोना संक्रमण भएको छ । अस्पतालले बिहीवार दिउँसो जारी गरेको विवरणअनुसार बाँके तथा बर्दियालगायत थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका २ सय १५ स्वाबको नमुनामध्ये ४४ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

Next Post

रुकुम पश्चिमका कोरोना संक्रमितको बाँकेमा मृत्यु

२९ आश्विन २०७७, बिहीबार १७:३२
नेपालगञ्ज : बाँकेमा उपचारका क्रममा रुकुम पश्चिमका कोरोना संक्रमित एक पुरुषको शुक्रवार विहान मृत्यु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १४ का ३३ बर्षीय पुरुषको नेपालगञ्ज मेकिडल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा विहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । […]