अनेरास्ववियूले बुझायो ज्ञापनपत्र

सदरलाइन संवाददाता २९ आश्विन २०७७, बिहीबार १६:५४
 

नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बाँकेले विभिन्न चार बुँदे ध्यानाकर्षणसहितको एक ज्ञापन पत्र बाँके प्रशासनलाई बुझाएको छ ।

अनेरास्ववियू बाँकेका संयोजक सुरेन्द्र जंग शाह (जम्बो) र सह(संयोजक टेकेन्द्र मल्लको नेतृत्वमा गएको एक टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई उक्त ज्ञापन पत्र बुझाएको हो ।


ज्ञापन पत्रमा कोभिड–१९ का कारण समस्यामा परेका विद्यार्थीहरु, निम्न वर्गीय मजदुर, कम आम्दानी भएका जनताको समस्या समाधानका लागि प्रशासनका तर्फबाट राहत लगायतका व्यवस्थापनमा सहजीकरण, चाडपर्वको मौका छोपी बजारमा भैरहेको महँगी, कालोबजारी तथा भ्रष्टाचारको अनुगमन, नियन्त्रण तथा कार्वाही गर्न माग गरिएको छ ।

त्यसैगरी, चाडबाडका बेलामा सार्वजनिक सवारी साधनहरुले यात्रुबाट असुल्ने अनुचित भाडादरको अनुगमन, नियन्त्रण तथा कार्वाही र चाडपर्वको बेलामा हुन सक्ने सम्भावित चोरी डकैती, लुटपाट, बलात्कार, झैझगडा हुन नदिनका लागि प्रहरी प्रशासनको विशेष सक्रियता साथै जिल्ला भित्र एकीकृत सुरक्षा प्रणाली अपनाउन भन्दै ध्यानाकर्षणसहितको ज्ञापन पत्र बुझाइएको अनेरास्ववियू जिल्ला संयोजक सुरेन्द्र जंग शाह (जम्बो)ले जानकारी दिए ।

Next Post

देशभर थपिए ३७ सय बढी कोरोना संक्रमित

२९ आश्विन २०७७, बिहीबार १६:५४
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार बिहीवार देशभर ३ हजार ५ सय ६४ संक्रमित कोरोनामुक्त भएका छन् । कोरोना मुक्त हुनेहरूको यो दर ६९ दशमलव ४ प्रतिशत हुन आउँछ । […]