बाँकेमा एकैदिन चौंसठी जना डिस्चार्ज

सदरलाइन संवाददाता २९ आश्विन २०७७, बिहीबार ०९:२४
 


नेपालगञ्ज : बाँकेबाट एकैदिन थप ६४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १२ महिला ५२ पुरुष कोरोनामुक्त भई बिहीवार डिस्चार्ज भएका हुन् ।

बाँकेमा हालसम्म २ हजार ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ भने १ हजार ९ सय ६३ जना निको भएर डिस्चार्ज भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

हाल जिल्लाको आइसोलेशनमा बाँकेका ५ सय ६५ र अन्य जिल्लाका २१ गरी ५ सय ८६ जना उपचाररत रहेको श्रेष्ठले बताए । कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म मृतकको संख्या २७ पुगेको छ ।

Next Post

डिसीसीएमसीलाई स्वास्थ्य सामग्री प्रदान

२९ आश्विन २०७७, बिहीबार ०९:२४
नेपालगञ्ज : कोरोना रोकथाम तथा नियन्त्रणका लागि आड्रा नेपालले सहयोगस्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कोरोना रोकथामका लागि आड्रा नेपालले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई बिहीवार ६ सय थान भिटिएम र २ सय थान डिजिटल थर्मामिटर उपलब्ध गराएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । प्राप्त भिटिएम सम्भावित […]

सम्बन्धित