सवारी साधन व्यवस्थितरुपमा सञ्चालन गर्न माग

सदरलाइन संवाददाता २८ आश्विन २०७७, बुधबार १७:३३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकास्थित बसपार्क रोडका व्यवसायीहरू आन्दोलित भएका छन् । शहरमा चल्ने सार्वजनिक सवारी साधन व्यवस्थित गर्नुपर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

व्यवसायीहरूले बुधवार नेपालगञ्ज उपमहानगरपालिकाको गेटमा धर्ना दिएका छन् । यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत व्यवस्थापनका लागि असोज २२ गते बुझाएको ज्ञापनपत्रका बिषयमा सुनुवाइ नभएको बिरोधमा उनीहरूले उपमहानगरपालिका गेटमा धर्ना दिएको बताएका छन् ।

उनीहरूले नेपालगञ्जभित्र ११ वटा बिषयमा सधार गरेर सबैलाई बाँच्न पाउने अधिकार सुरक्षित गर्नका लागि पहल थाल्न बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग वाणिज्य संघलाई अनुरोध गरेका थिए ।


धर्ना कार्यक्रममा बोल्दै ट्रेड युनियन महासंघ (टुकोन) लुम्बिनी प्रदेश सभापति प्रेमबहादुर खत्रीले सवारीसाधन तोकिएको ठाउँभन्दा फरक ठाउँबाट सञ्चालन भईरहेकोले कार्य व्यवस्थापन हुन नसक्दा बसपार्क रोडका व्यवसायीहरूको व्यवसाय समस्यामा परेकाले निश्चित ठाउँबाट मात्रै सञ्चालन हुनुपर्ने माग गरे ।

त्यस्तै जमुनाहा नाकामा सञ्चालन भईरहेका हाल्डिङ सेन्टर तत्काल बन्द गर्नुपर्ने नभए होल्डिङ सेन्टरबाट छुट्ने सवारीसाधन बसपार्क जानुपर्ने वा यात्रुहरूको गन्तव्यसम्मनै जानुपर्ने, पहुँचका आधारमा ठुला व्यवसायीको सवारीसाधन जुनसुकै स्थानबाट सञ्चालन हुन पाउने कार्य बन्द हुनुपर्ने, जमुनाहा चौकी क्षेत्रमा हुने गरेको बिकृतिलाई बन्द गर्नुपर्ने, कुनै पनि सवारीसाधनले सुरक्षाका मापदण्ड पुरा नगरेकोले सबैले पूरा गर्नुपर्ने व्यवसायीको माग छ ।

Next Post

पूर्व–पश्चिम राजमार्ग बन्यजन्तुका लागि धराप बन्दै

२८ आश्विन २०७७, बुधबार १७:३३
नेपालगञ्ज  :  निकुञ्ज क्षेत्रको राजमार्ग बन्यजन्तुको लागि धराप बन्दै गएको छ । हरेक वर्ष बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिणको रत्न राजमार्गमा सवारी दुर्घटनामा परि बन्य जन्तुले ज्यान गुमाउने क्रम बढ्दो छ । बाँके राष्ट्रिय निकुञ्जमा पूर्वपश्चिम राजमार्गले ७२ किलोमिटर र उत्तर दक्षिणको रत्न राजमार्गले ३२ किलोमिटर […]