कोहलपुर नगरपालिका फेरी शील

सदरलाइन संवाददाता २८ आश्विन २०७७, बुधबार १६:१७
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका र मातहतका सबै वडाकार्यालयहरु आगामी कात्तिक ६ गतेसम्मकालागि शील गरिएको छ । नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको भन्दै नगरपालिकाको कार्यालय, १५ वटै वडा कार्यालय र विषयगत कार्यालयहरु शील गरिएको नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतको अध्यक्षतामा बुधवार बसेको आकस्मिक बैठकले बुधवारदेखि आगामी कात्तिक ६ गतेसम्म्कालागि नगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए ।


नेपालीद्वारा जारी सूचनामा अत्यावश्यक सेवाबाहेक विषयगत शाखाउपशाखा र सम्पूर्ण वडा कार्यालयहरुबाट प्रवाह भईरहेका सेवाहरु कात्तिक ६ गते सम्मकालागि बन्द गरिएको उल्लेख छ ।

Next Post

देशभर २६ सय बढीमा कोरोना पुष्टि

२८ आश्विन २०७७, बुधबार १६:१७
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधवार देशभर २ हजार १ सय ७४ संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा हाल ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित छन् । […]