बाँकेमा २६ जना डिस्चार्ज

सदरलाइन संवाददाता २८ आश्विन २०७७, बुधबार ११:२५
 


नेपालगञ्ज : बाँकेबाट २६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १४ महिला १२ पुरुष कोरोनामुक्त भई बुधवार डिस्चार्ज भएका हुन् ।

बाँकेमा हालसम्म २ हजार ५ सय २६ जनामा कोरोना पुष्टि भएको छ भने १ हजार ८ सय ९९ जना निको भएर डिस्चार्ज भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

हाल जिल्लाको आइसोलेशनमा बाँकेका ६ सय १ र अन्य जिल्लाका २१ गरी ६ सय २२ जना उपचाररत रहेको श्रेष्ठले बताए ।

Next Post

कोहलपुर नगरपालिका फेरी शील

२८ आश्विन २०७७, बुधबार ११:२५
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका र मातहतका सबै वडाकार्यालयहरु आगामी कात्तिक ६ गतेसम्मकालागि शील गरिएको छ । नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको भन्दै नगरपालिकाको कार्यालय, १५ वटै वडा कार्यालय र विषयगत कार्यालयहरु शील गरिएको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतको अध्यक्षतामा बुधवार बसेको […]