देशभर ३५ सय बढी संक्रमित थपिए

सदरलाइन संवाददाता २७ आश्विन २०७७, मंगलवार १८:०७
 

काठमाण्डौ : देशभर मंगलवार ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ५ सय ७७ नमुना परिक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । उनीहरुमध्ये ६ सय ६३ जनाको मृत्यु भएको छ भने ७८ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् ।


मंगलवार मात्रै थप १८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र १ हजार ५ सय ३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ३५ हजार ९ सय १५ संक्रिय संक्रमित छन् ।

Next Post

भेरीको परीक्षणमा बाँकेका बाउन्न जनामा कोरोना

२७ आश्विन २०७७, मंगलवार १८:०७
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले मंगलवार बेलुकी जारी गरेको विवरणअनुसार बाँके, बर्दिया, सुर्खेत, दैलेखलगायत जिल्लाका थप ८६ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ५२ जना बाँकेका रहेका छन् । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका […]