गाईको मासुसहित बाँकेमा तीन जना पक्राउ

सदरलाइन संवाददाता २६ आश्विन २०७७, सोमबार १५:४५
 

नेपालगञ्ज : गाईको मासुसहित बाँकेमा ३ जना पक्राउ परेका छन् । ७ किलो गाईको मासु, हड्डी र छालासहित खजुराबाट तीनजना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुर चमकदारपुरका ४५ बर्षीय चुन्नी खाँ, ५० बर्षीय शब्बिर खाँ र ३४ बर्षीय अब्दुल आशिक खाँलाई गाईको मासुसहित पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


सब्बिर खाँको घरदेखि अन्दाजी २ किलोमीटर उत्तरपूर्वमा रहेको अस्फाक खाँको खेतबारीमा गाई काटिरहेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले शब्बिर खाँको घरबाट अन्दाजी ७ किलो गाईको मासुसहित तीनैजनालाई नियन्त्रणमा लिएको र घटनास्थलबाट गाईको हड्डी र छाला बरामद गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाई ।

Next Post

मुख्यमन्त्री शाहीद्वारा प्रमुख सचेतकमा नेपाली नियुक्त

२६ आश्विन २०७७, सोमबार १५:४५
सुर्खेत : कर्णाली प्रदेशको सत्ता संघर्षले नयाँ मोड लिएको छ । आइतवार १८ जना सदस्यले संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव गरेपछि कर्णालीको राजनीति यतिबेला चर्चाको विषय बनेको छ । मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपाली नियुक्त गरेका छन् । यसअघि प्रमुख […]