बालविवाह नियन्त्रण गर्न नेपालगञ्जमा कार्यशाला

सदरलाइन संवाददाता २६ आश्विन २०७७, सोमबार १२:३८
 


नेपालगञ्ज : बालविवाह न्युनिकरणमा भुमिका निर्वाह गर्ने पत्रकारका लागि नेपालगञ्जमा दुई दिने कार्यशाला सञ्चालन गरिएको छ ।

बाँकेलाई बालविवाहमुक्त बनाउन सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालले पत्रकारका लागि सोमवार र मंगलवार कार्यशाला सञ्चालन गरेको हो ।

जिल्लामा बालविवाह रोकथाम परियोजनाअन्तर्गत बाँकेमा बालविवाह न्युनिकरणको कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जिल्लाका रेडियो तथा अनलाइनका पत्रकार सहभागी कार्यक्रममा बालविवाह न्युनिकरणका लागि पत्रकारको आवश्यकता तथा भुमिका, बालबालिकासंगको व्यवहार तथा बालसंरक्षणको माध्यमबाट समाचार लेख्दा अपनाउनु पर्ने आचारसंहितालगायतका बिषयमा छलफल गरिने परियोजना संयोजक जगदिश थापाले जानकारी दिए ।

Next Post

गाईको मासुसहित बाँकेमा तीन जना पक्राउ

२६ आश्विन २०७७, सोमबार १२:३८
नेपालगञ्ज : गाईको मासुसहित बाँकेमा ३ जना पक्राउ परेका छन् । ७ किलो गाईको मासु, हड्डी र छालासहित खजुराबाट तीनजना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुर चमकदारपुरका ४५ बर्षीय चुन्नी खाँ, ५० बर्षीय शब्बिर खाँ र ३४ बर्षीय अब्दुल आशिक खाँलाई गाईको […]